काठमाडौँ- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १४.२६ अंकले घटेर २५२७.५८ बिन्दुमा पुगेको छ । यस दिन कुल ३८ लाख ९० हजार १ सय ३१ किक्ता सेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार १ सय ९९ रुपैयाँमा किनबेच भएको छ ।
यस दिन १३१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५१ कम्पनीको सेयरमूल्य बढेको छ । यस दिन इमर्जिङ नेपाल, नेस्डो लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, जाल्पा लघुवित्त जस्ता कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन होटेल तथा पर्यटनबाहेक सबै समूहका समूहगत उपसूचकहरु ओरालो लागेका छन् ।