×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ- अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।

दिउँसो देशको अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, ट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ ।

वर्षा भइरहेका स्थानमा भू-क्षय, पहिरो, गेग्रान बहावको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस्