×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौं - मनाङमा नेपाली कांग्रेसका टेक बहादुर गुरुङ निर्वाचित भएका छन् । एक मात्र प्रतिनिधि सभा रहेको मनाङमा एमालेका पोल्देन छोपाङ गुरुङलाई १ सय ९५ मतान्तरले पराजित गर्दै गुरुङ विजयी भएका छन् ।
गुरुङले २ हजार २५ मत पाए भने पोल्देनले १ हजार ८३० मत ल्याएका छन् । २०७४ सालको चुनावमा छोपाङले टेकबहादुर पराजित गरेका हुन् ।
६८ बर्षीय गुरुङ २०३६ सालमै नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिए । २०७० सालको संविधानसभा सदस्य निर्वाचित उनी सुशील कोइराला नेतृत्वको सरकारमा श्रम तथा रोजगार मन्त्री बने ।
राप्रपाबाट एमाले प्रवेश गरेका छोपाङले २०७४ मा पहिलो पटक मनाङमा एमालेको जित दर्ता गराएका थिए ।
मनाङ ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भइसकेका छन् । सोमबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार गुरुङ ३३० मतान्तरले विजयी भएका हुन् ।
मुनिन्द्रले १ हजार २५५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी नेकपा एमालेका राजन गुरुङले ९२५ मात्र मत पाए ।
२०७४ सालको निर्वाचनमा पनि यो क्षेत्र नेपाली कांग्रेसले नै जितेको थियो ।
प्रदेश सभा (ख) मा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् । अघिल्लो पटक पनि एमालेको समर्थनमा मनाङेले जितेका थिए ।

प्रतिकृया दिनुहोस्