×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपराष्ट्रपति यादवकाे चीन भ्रमण स्वीकृत गर्ने मन्त्रीपरिषदको निर्णय

उपराष्ट्रपति यादवकाे चीन भ्रमण स्वीकृत गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं - उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । हिजाे मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवकाे चीन भ्रमण स्वीकृत गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज बुधवार बैठकको निर्णय सार्वजनिक गर्दै जानकारी दिनुभयाे ।

यही साउन ३१ देखि भदाै ३ गतेसम्म चीनको कुनमिङ्ग सहरमा आयाेजना हुने सातौँ ‘चाइना–साउथ एसिया एक्सपो’ मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लाग्नुभएको हो । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।

यस्तै बैठकले सीईडीएडब्ल्यू समिति सदस्यमा सन् २०२५–२०२८ अवधिका लागि नेपालको तर्फबाट बन्दना राणालाई तेस्रो कार्यकालका लागि पुनः उम्मेदवार पेस गर्न स्वीकृति दिइएको छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आर्थिक वर्ष २०८०/८१ मा आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका सात सय १५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

प्रतिकृया दिनुहोस्