×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व आवश्यक : शंकर पोखरेल

मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व आवश्यक : शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन् ।

आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका छन् । महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरूबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताए ।

 

उनले बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताए । पोखरेलले मुलुकमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए । 

उनले मुलुकलाई स्थायित्व, विकास र समृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने बताए ।  

प्रतिकृया दिनुहोस्