विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको आज (सोमबार) मृत्यु भएको हो । विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
विगत केही दिनयता विराटनगरस्थित मोरङ सहकारी अस्पताल उपचाररत उनकाे ८४ वर्षकाे उमेरमा निधन भएकाे हाे । यसपछि मुख्यमन्त्री राईले आमाले जस्ताे आफूले आमालाई बचाउन नसकेकाे बताएका छन् । उनले आफ्नाे आधिकारिक फेसबूकमा लेखेका छन्— माफ पाउँ आमा ! हजुरले जस्तो बचाउन सकिएन ! धनकुमारीकाे निधनप्रति मुख्यमन्त्री राई सम्बद्ध दल एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरूले श्रद्धाञ्जली दिएका छन् ।