×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन दिनभर लाग्ने

मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन दिनभर लाग्ने

काठमाडौं - मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकैको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार बिहानैदेखि ढुंगासहितको सुख्खा पहिरो खसेर बाटो एकतर्फी बनाउँदै यातायात सञ्चालन गरिएकामा दिउँसो एक्कासि ठूलो पहिरो खसेको थियो।

उक्त भीषण पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने हुँदा यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन भरतपुरले आग्रह गरेको छ। सडक डिभिजन भरतपुरले जारी गरेको सूचनामा भनिएको छ, ‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला नजिकै हिजो अपराह्न ४ः५० बजेतिर गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको छ। पहिरो पन्छाउनको लागि बुधबार दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारी धनीहरू एवं यात्रुमहानुभावहरूलाई वैकल्पिक सडक प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौं।’

निरन्तर पहिरोको समस्या र यात्रुलाई सास्ती

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन्। पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर ढुंगा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ। दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारमा परेका छन्।

प्रतिकृया दिनुहोस्