×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मकैसहित ठेला उठाएका दम्पतीलाई कांग्रेस नेताले दिए ५१ हजार

मकैसहित ठेला उठाएका दम्पतीलाई कांग्रेस नेताले दिए ५१ हजार

काठमाडौँ- काठमाडौँको बालुवाटारमा मकै बिक्री गर्ने क्रममा काठमाडौँ महानगरले गाडा उठाएका दम्पतीलाई कांग्रेस नेता मोहन बहादुर बस्नेतले आर्थिक सहयोग गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्तेलसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले रु ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

नगरपालिकाले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए । उनले सवारीसाधनको आवतजावत र सर्वसाधारणको आवतजावतमा समस्या नहुने गरी व्यवसाय गर्न सुझाव दिए । त्यस्तै, चेतेन्द्र आचार्यले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो गाडा उठाइएको गुनासो गरे ।

प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरूको गाडा जफत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रतिकृया दिनुहोस्