काठमाडौं - मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई ‘महामूर्ख’ घोषित गरिएको छ। प्रत्येक वर्षझै यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन्। मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामूर्खको उपाधि यस वर्ष सभामुख मण्डललाई प्रदान गरेको हो।
सोमबार जनकपुरधामस्थित राममन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो। शिक्षक पेशा परित्याग गरी माओवादी जनयुद्व लड्दै शान्तिपूर्ण राजनीतिको मूलधारमा आएपछि एमाले हुँदै सभामुख बनेका मण्डलले मैथिली भाषा र साहित्य उत्थानमा महत्वपूर्ण योगदान पु-याइ रहेको भन्दै महामूर्खको सम्मान प्रदान गरिएको मिनापले जनाएको छ।
आकर्षण ब्यङ्यात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मानपत्र र मायाको चिनोसहित सभामुख मण्डललाई सो सम्मान प्रदान गरिएको हो।