काठमाडौं - थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मिर्गौला, मूत्र नली र मूत्रथैली केन्द्रित फ्री ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।
यही योजनाअनुसार शनिवार(भोलि) नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।
निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिने अस्पतालले जनाएको छ ।
शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपिडी सञ्चालन हुने बताएको छ । मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरूले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।
नर्भिकले अस्पतालमा उपलब्ध मिर्गौलाको पत्थरीका विभिन्न शल्यक्रिया विधिहरूमा पुस महिनाभरि विशेष छुटको समेत घोषणा गरेको जनाएको छ ।
यस्तै, घाउ नगरी मूत्र नलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मिर्गौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्र थैलीको पत्थरी निकाल्ने प्रविधि समेत उपलब्ध रहेको अस्पतालको भनाई छ ।
निःशुल्क ओपिडीमा सहभागी हुने बिरामीहरूले माथि उल्लिखित विभिन्न विधिहरूबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ ।