×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चिनियाँ विदेशमन्त्रीको आज शीर्ष नेतासँग भेटवार्ता

चिनियाँ विदेशमन्त्रीको आज शीर्ष नेतासँग भेटवार्ता

काठमाडौँ- तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी’ले आज शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ शुक्रबार २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका थिए । 

विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन् । वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री खड्कालगायत नेताहरूसँग भेटवार्ता गर्नेछ ।

विदेशमन्त्री वाङले नेपालका समकक्षी नारायण खड्कासँग वार्ता गर्नेछन् । परारष्ट्रमन्त्री खड्कासँगको भेटपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा उनले प्रधा नमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा आज साँझ होटल द्वारिकाजमा रात्रीभोज दिनेछन् ।

भ्रमणको अन्तिम दिन आइतबार (भोलि) वाङको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट हुनेछ । चिनियाँ विदेशमन्त्री यीले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने अपेक्षा गरिएको छ । विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ। विदेशमन्त्री वाङको सुरक्षाका लागि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिकृया दिनुहोस्