×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी केन्द्रको बैठकमा कुनै निर्णय भएन, बैठक फेरि बस्ने

माओवादी केन्द्रको बैठकमा कुनै निर्णय भएन, बैठक फेरि बस्ने

काठमाडौँ- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको आज (शुक्रबार)को बैठकबाट कुनै निर्णय नभएको बताइएको छ । बिहान कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा आफ्ना भनाइ राखेका थिए । स्थायी कमिटी सदस्यहरूले पनि विभिन्न विषयमा बोलेका थिए ।

बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेलगायत विषयमा छलफल भए पनि कुनै निर्णय नभएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार अर्को बैठक यही साउन १५ गते बस्ने तय गरिएको छ ।

प्रतिकृया दिनुहोस्