काठमाडौँ- काठमाडौँको न्यू प्लाजा अगाडि रहेको विजुलीको तारमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि विजुलीको तारमा लागेको आगो दमकलको सहायताले निभाइएको हो ।
विद्युत सर्ट भएर तारमा आगलागी भएको थियो । तारमा लागेको आगो समयमै निभाएकाले थप क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण उक्त रुट चल्ने सवारी साधन केहीबेर अवरुद्ध भएको थियो ।