×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लिग टू एकदिवसीय क्रिकेटमा नेपालको रोमाञ्चक जित

लिग टू एकदिवसीय क्रिकेटमा नेपालको रोमाञ्चक जित

काठमाडौँ- विश्वकप क्रिकेट लिग टू अन्तर्गत एकदिवसीय अन्तराष्ट्रियमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ ।  यूएइईमा बुधबार भएको खेलमा नेपालले पीएनजीलाई  २  विकेटले हराएको हो । 

२०५ रनको लक्ष्य नेपालले  ८ विकेट गुमाएर अन्तिम ओभरमा  भेट्टाएको हाे  ।  नेपालको जीतमा रोहितकुमार पाैडेल र आरिफ शेखले अर्ध शतक बनाए । राेहितले ५८ र आरिफले ५३ रन बनाए । करण केसी २९ रनमा नटआउट रहे । जीतसँगै नेपालले २ अ‌ंक थप गरेको छ ।

४२ रन बनाउन ४ विकेट गुमाएको नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले पाँचौ विकेटका लागि सतकीय साझेदारी गरे । उनीहरुले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरेका हुन् ।  करियरको चौथो एकदिवसीय अर्धशतक बनाउने क्रममा उनले ८२ बलमा ४ चौका प्रहार गरे । यस्तै आरिफले ८१ बलमा २ चाैकासहित ५३ रन बनाए ।

नेपालले टिमको स्कोर १ रन हुँदा नै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । टीमको स्कोर छ रन हुँदा ज्ञानेन्द्र मल्ल ब्यक्तिगत ४ रनमा आउट भए । तेस्रो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी ८ रनमा आउट हुँदा नेपालको स्कोर २४ रन थियो । नेपालको स्कोर ४२ रन हुँदा चौथो विकेटका रुपमा आशिफ शेख आउट भए । उनले ४० बलमा १६ रन बनाए । त्यसपछि पाँचौ विकेटका रुपमा पौडेल आउट हुँदा नेपालले १४४ रन बनाएको थियो ।

पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको थियो । नेपालका सोमपाल कामीले ३ तथा आरिफ शेख, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछानेले एक एक विकेट लिए । १० ओभर बलिङ गरेको दिपेन्द्र सिंह ऐरीले विकेट लिन सकेनन् । उनको बलिङ भने किफायती रह्यो उनले १० ओभरमा मात्र ३० रन दिए । १० ओभर नै बलिङ गरेको सन्दीपले पनि ३० रन खर्चिए ।

२ ओभर मात्र बलिङको मौका पाएका ज्ञानेन्द्रले ६ रन खर्चिएर १ विकेट लिए । यो उनको एकदिवसीय क्रिकेटमा पहिलो विकेट हो । पीएनजीका चार्ल्स अमिनीले ५९ रन बनाए ।

नेपालले श्रृंखलामा पर्सि १८ यूएईसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्