×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

सेयर बजारमा १०४ अंकको वृद्धि

सेयर बजारमा १०४ अंकको वृद्धि

 

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक १०४.८८ को फराकिलो अंकले वृद्धि भएको छ । ३.८७ प्रतिशतले बढेर नेप्से परिसूचक २८१६.९५ बिन्दुमा पुगेको हो । 
कारोबारमा आएका सबै समूहका परिसूचकमा वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचकमा ८ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । जलविद्युत्‌ समूहको परिसूचक पाँच दशमलव ५७ प्रतिशतले बढेको छ । 

२५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । १३ कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । कुल सेयर कारोबार ६ अर्ब १७ करोड रुपैयाँ बराबर छ । ७२ हजार सात सय १४ पटकको किनबेचमा एक करोड २१ लाख कित्ता सेयर किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस्