काठमाडौं- आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरिएको छ । निर्वाचन आयोगले आगामी निर्वाचन संचालनका लागि आजबाट मूख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारी समेतलाई प्रशिक्षण दिन थालिएको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन संचालनको लागि मूख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आज देखि प्रारम्भ गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।