×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ज्ञानेन्द्र र दिपेन्द्रसहित क्रिकेटका चार खेलाडीलाई कारबाही, सन्दीप नयाँ कप्तान

ज्ञानेन्द्र र दिपेन्द्रसहित क्रिकेटका चार खेलाडीलाई कारबाही, सन्दीप नयाँ कप्तान

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको कप्तान बनाएको छ ।

साविकका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई कारबाही गर्दै क्यानले सन्दीपलाई कप्तान बनाउने निर्णय गरेको हो ।

अनुशासन उल्लंघनबारे छानबिन गर्न गठित समितिको सिफारिसका आधारमा भन्दै क्यानले मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुका ६ महिना सहभागी नगराउने निर्णय पनि गरेको छ । यस्तै राष्ट्रिय टिमको बन्द प्रशिक्षण पोखरामा डिसेम्बर २१ देखि शुरु गर्ने निर्णय पनि क्यानले गरेको छ ।

प्रतिकृया दिनुहोस्