×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालले कुवेतलाई दियो चुनौतीपूर्ण लक्ष्य,रोहित शतकबाट चुके

नेपालले कुवेतलाई दियो चुनौतीपूर्ण लक्ष्य,रोहित शतकबाट चुके

काठमाडौं- घरेलु टिम नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतलाई २८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
वर्षाले दुईपटक रोकिएको खेललाई ४२ ओभरमा घटाइएपछि नेपालले पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा २८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो । 
चुनौतीपूर्ण लक्ष्य दिने क्रममा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाए । उनले ९५ बलमा ९४ रन बनाए । 

यस क्रममा उनले ३ छक्का र ६ चौका प्रहार गरे ।  नेपालका लागि कुशल मल्लले ४४ बलमा ५७ रन, कुशल भुर्तेलले ३९ बलमा ४३ रन र आशिफ शेखले २८ बलमा ३१ रन बनाए । 

२३.२ ओभर खेलेपछि वर्षाले खेल बिथोलेको थियो । पहिलोपटक बिथोलेपछि ४५ ओभरको खेला गराउने तयारी थियो । तर फेरि पानी परेपछि खेल ४२ ओभरमा झारिएको थियो । 

नेपालका लागि आरिफ शेखले १९, सोमपाल कामीले १३, सन्दीप लामिछानेले ५ रन बनाए । भीम सार्कीले १ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले खाता नै नखोली पहिलो बलमै आउट हुन पुगे । 

यो सेमिफाइनलमा जित्ने टिमले ओमान र युएईको विजेतासँग फाइनलमा खेल्नेछ । फाइनल जित्ने टिमले एसिया कप क्रिकेट खेल्न पाउनेछ । 

प्रतिकृया दिनुहोस्