×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अन्तिम बलमा भारतको जीत, सीरीज क्लिन स्वीप

अन्तिम बलमा भारतको जीत, सीरीज क्लिन स्वीप

काठमाडौं- भारतले आयरल्याण्डलाई उसकै होम ग्राउण्डमा पराजित गर्दै दुई खेलको टी–२० सीरीजमा २–० ले क्लिन स्वीप गरेको छ । दुबै खेल आयरल्याण्डको डब्लिनमा खेलिएका थिए ।

मंगलबार राति खेलिएको दोस्रो खेलमा भारतले आयरल्याण्डलाई चार रनले पराजित गरेको हो । यो खेलमा भारतका कप्तान हार्दिक पाण्ड्याले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि भारतका दीपक हुड्डाले ५५ बलमा शतक बनाए । उनले ५७ बलमा १ सय ४ रनको इनिङ खेले, जसमा ६ छक्का तथा ९ चौका समावेश छन् ।

दीपकबाहेक सञ्ज सामसनले ४२ बलमा ७७ रनको इनिङ खेले । उनले पनि चार छक्का तथा ९ चौका प्रहार गरे । यी दुईको उत्कृष्ट ब्याटिङले भारतले ७ विकेटको क्ष्ँतीमा २ सय २५ रन बनायो ।

२ सय २६ रनको विशाल लक्ष्य पछ्याएको आयरल्याण्डको टीमले पनि कडा टक्कर दियो । प्रारम्भदेखि नै आयरल्याण्डको टीम हावी हुँदै अन्त्यमा ५ विकेट गुमाएर २ सय २१ रन बनाउनु सफल भयो ।

आयरल्याण्डलाई अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो । यो ओभरमा आयरल्याण्डले १२ रन मात्र जोड्न सक्यो । आयरल्याण्डका लागि कप्तान एन्ड्रयू बलबर्नीले ३७ बलमा ६० रनको इनिङ खेले ।

 

प्रतिकृया दिनुहोस्