×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भरतपुर अस्पतालका अध्यक्ष अधिकारी माओवादीले दियो चितवन ३ को टिकट

भरतपुर अस्पतालका अध्यक्ष अधिकारी माओवादीले दियो चितवन ३ को टिकट

चितवन - चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई टिकट दिएको छ । यस अघि उहा डा. भोजराज अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु अघि उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुभएकाे छ । उहाँले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेललाई राजीनामा बुझाउनुभएकाे हाे ।

उहाँ तत्कालीन नेकपा नेतृत्वको सरकारका बेला भरतपुर अस्पतालको अध्यक्ष हुनुभएकाे थियाे । अस्पतालमा मेडिकल अफिसरमा रहेर काम गर्नुभएका डा. अधिकारी ३ वर्ष विदा स्वीकृत गरेर अध्यक्ष बन्नुभएकाे थियाे ।

उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिनुहुन्छ । अघिल्लो निर्वाचनमा चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचित हुनुभएकाे थियाे । यसपटकको निर्वाचनमा प्रचण्ड गोरखा २ बाट प्रतिस्पर्धा गर्दै  हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्