×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानन्यायाधीश जबरा काममा फर्कने भएपछि सर्वोच्चको मूल गेटमा नेपाल बारको धर्ना

प्रधानन्यायाधीश जबरा काममा फर्कने भएपछि सर्वोच्चको मूल गेटमा नेपाल बारको धर्ना

काठमाडौं- महाअभियोग निष्क्रिय भएसँगै नियमित काममा फर्कने तयारी गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न कानुन व्यवसायी सर्वोच्च अदालत परिसरमा पुगेका छन् । प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुसहित कानुन व्यवसायीहरुले धर्ना सर्वोच्चको गेटमा धर्ना दिन सुरु गरेका हुन् ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् । संघीय संसदका महासचिव डा. भरतराज गौतमले बुधबार मात्र जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगतै जबराले सर्वोच्च फर्किने तयारी गरेका छन् ।

यता बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले संसद सचिवालयले राणालाई दिएको पत्रमाथि नै प्रश्न उठाएका छन् । उनले प्रधानन्यायाधीशमाथिको महाअभियोग निष्क्रिय हुन नसक्ने बताए । सभामुखले अर्को प्रतिनिधिसभामा पेश गर्ने भनेको प्रस्तावलाई कर्मचारीले निष्क्रिय तुल्याउन नसक्ने उनको जिकिर छ ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि अब आउने प्रतिनिधिसभाले महाअभियोगको काम–कारबाही अघि बढाउने बताए ।

प्रतिकृया दिनुहोस्