जुडो खेलाडी देवु थापा इन्स्पेक्टर (प्रहरी निरीक्षक) मा बढुवा भएकी छन् । उनी जुडोमा नेपालको तर्फबाट सन् २००८ को बेइजिङ् ओलम्पिकमा समेत भाग लिएकी खेलाडी हुन् ।
अहिले जुडोकी प्रशिक्षक तथा रेफ्रीसमेत रहेकी थापाले दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कांस्य पदक दिलाएकी छन् ।
थापा २०४८ सालमा जवानबाट प्रहरीमा प्रवेश गरेकी थिइन् । उनी बंगलादेशमा भएको साग खेलकुदका क्रममा लिफ्ट चुँडिएर भएको दुर्घटनामा परेर घाइते हुँदा समेत प्रतियोगितामा प्रतिस्पर्धा गर्दै थापाले नेपाललाई कांस्य पदक दिलाएकी थिइन् ।
१०औँ सागमा रजत पदक जितेपछि उनी असईमा बढुवा भएकी थिइन् । जुम्लामा जन्मेकी थापाले २०५२ सालदेखि जुडो खेल्न थालेकी हुन् ।