लुम्बिनी । सत्तारूढ दल नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा गृहमन्त्री बालकृष्ण खाँडकाे उम्मेदवारले नराम्राे पराजय भाेग्नुपरेकाे छ । संस्थापक समुहका खाँडकाे समर्थनमा सभापतिकाे उम्मेदवार बनेका भरत कुमार शाह सहित अन्य धेरै जसाे उम्मेदवारहरूले पराजय भाेग्नुपरेकाे छ । लुम्बिनीकाे नेता मै हुँ भन्दै निकै चुरिफुरी देखाँउदै अाएका खाँडले अाफ्ना उम्मेदवारलाइ जिताउन नसकेपछी उनकाे चुरिफुरी पनि सकिएकाे लुम्बिनी प्रदेश तिर चर्चा चल्न थालेकाे छ । एक उपसभापतिमा बाहेक अन्य सबै पदाधिकारीमा संस्थापन इतर समूहका उम्मेदवारहरूले गर्विलाे जित हासिल गरेका छन् । संभापतिमा संस्थापक इतर समुहका अमरसिंह पुन विजयी भएका छन् । खाँणकाे समर्थनमा उम्मेदवार बनेका भरत कुमार शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन् ।
उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् । उससभापतिमा निर्वाचित खनाल मात्रै देउवा पक्षका हुन । उनले पाैडेल पक्षका अष्टभुजा पाठकलाइ पराजित गरेका छन् ।