×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

टर्की र सिरियामा भूकम्पमा सात हजार ८२६ जनाको ज्यान गयो

टर्की र सिरियामा भूकम्पमा सात हजार ८२६ जनाको ज्यान गयो

काठमाडौं - टर्की र सिरियाको सिमानामा गएको शक्तिशाली भूकम्पमा परेर हराइरहेकाको खोजी तथा उद्धारको काम चलिरहेको छ । तर चिसो मौसमका कारण खोजी र उद्धारमा समस्या भइरहेको उद्धारकर्तालाई उदृत गर्दै बीबीसीले समाचार लेखेको छ ।
अहिलेसम्म टर्कीमा ५ हजार ८ सय ९४ जना र सिरियामा १ हजार ९ सय ३२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । दुवै देशमा गरेर सात हजार ८२६ जनाको शव भेटिएको बीबीसीले उल्लेख गरेको छ । कयौं मानिस बेपत्ता भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बाक्लो हिउँ परेपछि उद्धारमा सममस्या भएको छ ।

केही परिवारले भने उद्धारकर्ताले ढिला गरेको प्रतिक्रिया दिँदा समस्या भएको गुनासो गरेका छन् । गत सोमबार दुई देशको सिमानामा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प र त्यसपछि ७ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।

टर्कीले दक्षिणी भेगको १० वटा प्रान्तमा आपतकाल घोषणा गरेको छ । सोमबार गएको भूकम्पमा परेर झण्डै ६ हजार जनाको मृत्यु भएकाले भूकम्प प्रभावित १० वटा प्रान्तमा ३ महिनाको लागि आपतकाल घोषणा गरिएको राष्ट्रपति रेसेप तायप इर्दोगानले बताएका छन् ।

प्रतिकृया दिनुहोस्