जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिको अव्यवस्थित पशुहरुको हेरचाहका लागि जनकपुरमा गौशाला निर्माण गर्ने भएको छ ।
छाडा चौपाया व्यवस्थापनसहितका उदेश्यसहित जनकपुरधाम–१२ स्थित राजदेवी मन्दिर नजिक उपमहानगरपालिकाले एक करोडको लागतमा गौशाला निमार्ण गर्न लागेको हो ।
उपमहानगरपालिका प्रमुख मनोजकुमार साहका अनुसार छाडा चौपायालाई स्थायी रूपमा व्यवस्थापन गर्नका लागि सो गौशाला निर्माण गर्न लागिएको हो । करिब १० कट्ठामा निर्माण हुने सो गौशालामा ५० वटा चौपाया अट्ने क्षमताको बनाईनेछ भने जसलाई छ महिनाको अबधी भित्र नै सकिने गरी काम सम्पन्न गर्न उपमहानगरपालिकाले निर्देशनसमेत दिएको छ।