×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माध्यमिक तहमा एक पटक मात्रै रजिस्ट्रेसन फारम भरे हुने

माध्यमिक तहमा एक पटक मात्रै रजिस्ट्रेसन फारम भरे हुने

काठमाडौँ- माध्यमिक तहको रजिस्ट्रेसन फारम एक पटक भरेपछि हुने भएको छ । माध्यमिक तहको लागि फाराम ९ कक्षामा भरेपछि हुने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने, कक्षा ९ मा भरेको रजिस्ट्रेसन नम्बर कक्षा १२ सम्म लागू हुने गरी प्राविधिक अध्ययन भइरहेको बताए । 

यसभन्दा अघि कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिस्ट्रेसन फारम भर्नुपर्ने भएकाले बोर्डले गत साता कार्यतालिका सार्वजनिक गर्दै कक्षा ११ का विद्यार्थीले कात्तिक मसान्तसम्म रजिस्ट्रेसन फारम भर्ने समयावधि तोकेको छ ।

सामान्यतया असोज–कात्तिक महिनामा कक्षा ९ को रजिस्ट्रेसन फारम भराउने गरिए पनि यो वर्ष माध्यामिक तहलाई एक पटक मात्रै रजिस्ट्रेसन भराउने गरी कार्य उक्त कार्य सकिएपछि निर्णय सहित रजिस्ट्रेसन समयावधि तोकिने अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

बोर्डले विद्यालयको कोड नम्बर एउटै कायम गर्ने गरी काम भइरहेको जनाएको छ । हाल शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एउटा कोड तथा कक्षा १० र १२ का परीक्षा नियन्त्रण कार्यालयले फरक कोड निर्धारण गर्दै आएका छन् । विद्यालय कोडमा एकरूपता कायम हुँदा काम गर्न सबैलाई सहज हुने अध्यक्ष शर्माको भनाइ छ ।

प्रतिकृया दिनुहोस्