×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब फोन गर्दा कम पैसा लाग्ने, यस्तो छ नयाँ शुल्क

अब फोन गर्दा कम पैसा लाग्ने, यस्तो छ नयाँ शुल्क

नेपाल टेलिकमले घटाएको कल र एसएमएस शुल्क आजदेखि लागु भएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तर-आवद्धता निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तर-आवद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार शुल्क घटाउँदै नयाँ शुल्क लागु गरेको हो । 

नेपाल टेलिकमले घटाएको कल र एसएमएस शुल्क आजदेखि लागु भएको छ ।

टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको अन्तर-आवद्धता निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तर-आवद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार शुल्क घटाउँदै नयाँ शुल्क लागु गरेको हो । 

नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागु गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित महशुल दर आज (माघ १८ गते) देखि कार्यान्वयनमा ल्याएको हो । सो अनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र लाग्नेछ । 

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा लाग्नेछ ।

साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा लाग्नेछ । उल्लेखित दररेटमा करवापत लागु हुने रकम समावेश नगरिएको टेलिकमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्