×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साफ च्याम्पियनसिप: नेपाली टिम माल्दिभ्समा

साफ च्याम्पियनसिप: नेपाली टिम माल्दिभ्समा

काठमाडाैँ- साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । कतारमा दुई साता लामो अभ्यास र ओमानसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम माले पुगेको हो । नेपालले आइतबार राति ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भयो । नेपाली टीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार कतारमा नै २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका थिए ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म हुने कार्यपालिका रहेको छ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । नेपाल र माल्दिभ्सबीचको पहिलो खेल १ अक्टोबरमा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग ४ अक्टोबरमा प्रतिस्पर्धा गर्दा तेस्रो खेलमा नेपाल १० अक्टोबरमा भारत तथा अन्तिम खेलमा १३ अक्टोबर मा बङ्गलादेशसँग नेपाले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको शीर्ष दुई टोलीले उपाधिका लागि १६ अक्टोबर मा प्रतिस्पर्धा गर्ने छन् ।

 

प्रतिकृया दिनुहोस्