काठमाडौं - नेकपा एमालेले पूर्व उपमहासचिव घनश्याम भूसाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम छैन ।
एमाले अध्यक्ष ओलीको सूचीलाई अस्वीकार गर्दै १० औं महाधिवेशनमा अध्यक्ष लडेका भीम रावललाई पनि टिकट दिइएको छैन । उनी अछाम–१ बाट सर्वसम्ममत सिफारिस भए पनि झपट बोहोरालाई टिकट दिइएको छ ।
एमालेको १०औं महाअधिवेशनमा ओलीले घोषणा गरेको सूचीमा असहमत भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता पनि उनले अध्यक्ष ओलीमाथि प्रश्न उठाउने गरेका थिए ।