×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दीक्षा र स्यान्टुलाई स्वर्ण

दीक्षा र स्यान्टुलाई स्वर्ण

काठमाडौँ- नेपाल एपीएफ क्लबका दीक्षा तामाङ र नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठले खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजारसहित, मेडल र ट्रफी प्राप्त गरिन् । रविनाले २० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्दा तेश्रो स्थानमा रहेका सेनाकी दिया देउला र पुलिसकी मञ्जु सुवालले १०/१० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे ।

युथ अफ तुलसीपुर, दाङको आयोजना भएको प्रतियोगिताको पुरुष एकलतर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियाँलाई ४–२ ले पराजित गर्दै पुरुष एकलको उपाधि हात पारे । उनले ४० हजार मेडल र ट्रफी प्राप्त गरे । विनेशले २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका सेनाका दिप साउन र एपीएफका  संयोगक कपालीले १०, १० हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुस १६ देखि १८ गते सम्म संचालन भएको प्रतियोगितामा महिला टिम ईभेन्ट्समा नेपाली सेनाले जित निकाल्यो । सेनाले एपीएफलाई ३–२ को जित निकाल्दै उपाधि उचालेकाे हाे । विजयी सेनाले नगद ३० हजार उपविजेता एपीएफले नगद २० हजार रुपैयाँ र तृतीय स्थान प्राप्त गर्ने पुलिसले नगद ५ हजार प्राप्त गरे ।

पुरुष टिमतर्फ पुलिस पहिलो, सेना दोश्रो र एपीएफ तेश्रो भए । प्रहरीले ३० हजार, सेनाले २० हजार र एपीएफले ५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । विजयी खेलाडीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले पुरस्कार वितरण गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्