काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएको बताएका छन् । सरकारले सोमबार निर्वाचनको मिति घोषण गरेसँगै महामन्त्री थापाले अब निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताए । ‘स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ,’ उनले भने, ‘स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ ।’
संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नभएको महामन्त्री थापाको भनाई छ । ‘सबैले सदैव हेक्का राख्नु पर्दछ,’ उनले अगाडि भने,‘ संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’