×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दाङका प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवार एमालेमा प्रवेश

दाङका प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवार एमालेमा प्रवेश

काठमाडौँ- दाङका दुई उम्मेदवार एमालेमा प्रवेश गरेका छन् । दाङ क्षेत्र नम्बर २ मा मौलिक जरोकिलो पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्का र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार कृष्णवीर नेपाली एमाले प्रवेश गरेका हुन् । 

दुवैलाई एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पार्टीका महासचिव शङ्कर पोखरेलले बिहीबार पार्टी प्रवेश गराए । दुवैले आफू उम्मेदवार रहेको पार्टीको साधारण सदस्य त्यागेर एमालेमा प्रवेश गरेको बताए । 

यो क्षेत्रमा एमालेबाट पोखरेल र गठबन्धनका तर्फका माओवादीकी रेखा शर्मा उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस्