×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस फकाउदै प्रचण्ड,नयाँ सरकार गठनको पहल

कांग्रेस फकाउदै प्रचण्ड,नयाँ सरकार गठनको पहल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाइ फकाउने कसरतमा लागेका छन् । कपिलवस्तुमा भएको कार्यक्रममा सम्बोधन गर्दै   प्रचण्डले कांग्रेसले गरेकाे निर्णय सहि लागेकाे भन्दै फकाउने प्रयास गरेका हुन् । हिजो बसेको कांग्रेसकाे केन्द्रीय कार्यसमितिले ओलीको तत्काल राजीनामा माग्ने र नयाँ सरकार गठनको पहल लिने निर्णय गरेसगेँ देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको भन्दै कांग्रेसकाे साथ लिएर अगाडी बढ्ने बताएका हुन्र ।

कांग्रेसको निर्णयसँगै नयाँ सरकार गठनका बैठकहरू घनिभूत रूपले अघि बढ्ने बताएका छन्  । नयाँ परिस्थितिको लागि आफू छिटो काठमाडौं फर्कनुपर्ने अवस्था रहेको बताउँदै उनले नयाँ सरकार बन्न लागेको सबै कार्यकर्तालाई सार्वजनिक रूपमै बधाई दिएका छन् ।
कार्यक्रममा उहाँले जनता समाजवादी पार्टीलाई प्रतिगमनविरोधीहरू एक हुन आह्वान गर्नुभएको छ ।

पहिला पनि केपी ओलीले आश्वासन मात्र दिइराखेकाले अहिले पनि आश्वासन मात्र दिने बताउँदै उहाँले आफूहरूसँग एक भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।
उहाँले कार्यक्रममा हिन्दी भाषामा सम्बोधन गर्नुभएको थियो । यस्तै उहाँले संविधान पूर्ण नभएको बताउनुभएको छ । प्रचण्डले नेपालको संविधानमा मधेशी, दलित, महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको बताउनुभएको हो ।

आफू पनि संविधानमा पूर्ण समर्थन नभए पनि अहिलको संविधानमा धेरै महत्त्वपूर्ण विषय भएको उहाँको भनाइ छ ।

कार्यक्रममा उहाँले जनता समाजवादी पार्टीलाई प्रतिगमनविरोधीहरू एक हुन आह्वान समेत गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस्