×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बुढानीलकण्ठ १ मा एमालेका लामा प्यानलसहित निर्वाचित

बुढानीलकण्ठ १ मा एमालेका लामा प्यानलसहित निर्वाचित

काठमाडौं- बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा प्यानलसहित निर्वाचित भएका छन्। उनले ८४५ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उत्तम कुमार खड्काले ४ सय ७३ मत प्राप्त गरे। त्यस्तै, नेकपा एकीकृत समाजवादीका श्याम तामाङले ५१ र नेकपा माओवादी केन्द्रका ललिता श्रेष्ठले २२ मत प्राप्त गरिन्।

उक्त वडाको सदस्यमा एमालेका नविन श्रेष्ठ र बुद्धि मान लामा विजयी भएका छन्। उनीहरुले क्रमशः ८०२ र ७७३ मत प्राप्त गरे। महिला सदस्य पदमा पनि एमालेकै चण्डीका रैलाले ८३० मत प्राप्त गर्दै जित हासिल गरिन्। त्यस्तै, वडाको दलित महिला सदस्य पदमा शर्मिला नेपाली ८३२ मत ल्याउँदै निर्वाचित भएकी छिन्।

प्रतिकृया दिनुहोस्