काठमाडौँ- नेपालमा आइतबार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार २ सय ६८ पीसीआर परीक्षणका क्रममा २४२ जना र २ हजार ४१४ एन्टीजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै २ सय ३४ संक्रमित निको हुँदा नेपालमा ८ लाख ६ हजार ७ सय ७८ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ८ सय ९० सक्रिय संक्रमित आइसोलेसन र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।