×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डेंगु संक्रमणबाट संखुवासभामा एक जनाको मृत्यु

डेंगु संक्रमणबाट संखुवासभामा एक जनाको मृत्यु

काठमाडौं- डेंगुको संक्रमणबाट संखुवासभाको चैनपुर नगरपालिका–५ की सीतादेवी न्यौपानेको मृत्यु भएको छ । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ५६ वर्षीया न्यौपानेको बिहीबार मृत्यु भएको डा. पंकज गुप्ताले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । खाँदबारी ल्याइएपछि परिक्षण गर्दा उनलाई डेंगु पुष्टि भएको थियो । उच्च ज्वरो, रुघाखोकीसमेतको लक्षण देखिएको उनको उपचारमा ढिलाइ हुँदा ज्यान गएको अस्पतालले जनाएको छ । डेंगुसँगै उनलाई निमोनिया पनि देखिएको थियो ।

प्रतिकृया दिनुहोस्