×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मनसुन सुरू भएयता ३८ जनाको मृत्यु

मनसुन सुरू भएयता ३८ जनाको मृत्यु

मनसुन सुरू भएयता ३८ जनाको मृत्यु भएको छ भने २४ जना वेपत्ता भएका छन् । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन् । सिन्धुपाल्चोकमा ५, डोटीमा ४, रोल्पा र गोरखकामा ३ / ३, चितवन, तनहुँ, प्युठान र रौतहटमा २ / २, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १ / १ जना रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले बुलेटिन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । बाढीपहिरो र डुबानमा परी ५१ जना घाइते भएका छन् । तीमध्ये २७ जना पुरुष, १२ जना महिला, ९ जना बालक र ३ जना बालिका रहेका छन् ।

उनीहरूमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५÷५ जना, खोटाङ, सर्लाही, धादिङ, कास्की, म्याग्दी र डोटीमा ३ / ३ जना, जुम्ला र गोरखामा २ / २ जना, पाँचथर, रौतहट, स्याङ्जा, धनुषा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १ / १ जना रहेको छन् ।

बाढीपहिरोमा परी २४ जना वेपत्ता भउका छन् । तीमध्ये १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ बालिका रहेका छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन् ।

वेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढीपहिरोमा परेका १ हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६, चितवनमा ४ सय २, सिन्धुपाल्चोकमा १ सय २३, दोलखामा ३५, लमजुङ र सल्यानबाट ८ / ८, जाजरकोटमा ७, गोरखा र दाङमा ४ / ४ र कञ्चनपुरमा ३ जना रहेका छन् ।

बाढीका कारण ७ सय ९० घर डुबामा परेका छन् । ५ सय १९ घर, ९० गोठ, ३९ पुल, ३ विद्यालय र ११ सरकारी कार्यालयमा क्षति पुगेको छ ।

१ हजार ५७ घरका ५ हजार १ सय १ जना विस्थापित भएका छन् भने ८ सय १८ पशु चौपायाको मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस्