×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री

२०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका हुन्। प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन्।

ग्रेगोरियन पात्रोअनुसार आइतबारदेखि इस्वी संवत् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुवात भएको भन्ने भनाइ छ।

प्रतिकृया दिनुहोस्