×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनीत

कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनीत

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नेता डा. चन्द्र भण्डारीसहित ८ जनालाई मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले आज १४ औं महाधिवेशनमा उपसभापति पदमा पराजित गुल्मीका भण्डारीसहित अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा मनोनित गर्नु भएको हो ।

मनोनित हुनेमा भण्डारी, हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन् । १४ औ महाधिवेशनमा भण्डारी उपसभापतिमा र विश्वकर्माले सहमहामन्त्रीमा पराजित हुनु भएको थियो । जोशी, हुमागाईं यस अघि पनि केन्द्रीय सदस्य तथा किरणराज शर्मा पौडेल यसअघि आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

रुपन्देही ५ बाट गत निर्वाचनमा पराजित शाह त्यसअघि लेखा समितिको सभापति रहनु भएको थियो । सभापति देउवाले कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम केन्द्रीय समितिमा मनोनित गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्