×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्थानीय तह निर्वाचन : जुम्लामा पुगे मतपत्र

स्थानीय तह निर्वाचन : जुम्लामा पुगे मतपत्र

जुम्ला- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा आज ७६ हजार थान मतपत्र आइपुगेकाे छ । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १५२ प्याकेटमा सो परिमाणका मतपत्र आइपुगेको जानकारी दिए । जुम्लालाई ६६ हजार मतपत्र आवश्यक पर्ने उनले बताए -।

नेपाली सेनाको नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले कालिकोटबाट स्टकटिङ गरेर मतपत्र ल्याएको हो । जिल्लामा जम्मा मतदाता संख्या ६७ हजार ७४४ रहेको छ । पुरुष ३५ हजार २७३ र महिला ३२ हजार ४७१ मतदाता छन् ।

प्रतिकृया दिनुहोस्