काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई अस्पताल भर्ना गरिएको हो ।
चिकित्सकहरुले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिरहेका छन् र रगतको रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले जनाएको छ ।