×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवा

बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवा

काठमाडाैँ- प्रधान मन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन् । 

प्रधानमन्त्री देउवाले प्रधान मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट आज बिहान ९ बजे भर्चुअल रूपमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् । बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंकाको राजधानी कोलोम्बो पुगिसकेका छन् ।

मन्त्री खड्का बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागी भएका थिए । बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी थिए भने सैनिक शासन लागु भएको म्यानमारका विदेश मन्त्री भर्चुअल रूपमा सहभागी रह्यो ।

श्रीलंकामा बुधबार बिमस्टेकको पाँचौं शिखर सम्मेलन हुँदैछ । राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख भर्चुअल्ली सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस्