×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेरो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

मेरो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ धाँधली भएको भन्दै पुनः मतदान हुनुपर्ने भन्दै ब्रिफिङ गरेका छन् । पार्टी सचिवालय बैठकमा नेता खनालले आफ्नो निर्वाचन क्षेत्रका विषयमा विस्तृतमा ब्रिफिङ गराएका हुन् ।

एमालेका उम्मेदवार महेश बस्नेतले धाँधली गरेको भन्दै खनालले अदालतबाट कानुनी उपचार खोज्नुपर्ने बताएका हुन् । ‘मेरो क्षेत्रमा चुनावमा धाँधली भएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र भेटिएका छन् । पैसाको खोलो बगाएको छ’ खनालले भने, ‘अब मेरो क्षेत्रमा पुनः मतदान हुनुपर्छ । यदि त्यसो हुन नसकेमा कानुनी उपचार खोज्ने विषयमा बैठकमा धारणा राखेको छु ।’

पार्टीले समेत खनालको पराजयका विषयमा समेत खोजबिन गर्ने भएको छ । यस्तै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि आफू पराजय भएको विषयमा बैठकलाई जानकारी गराएका छन् ।

खतिवडाले उदयपुर २ बाट पराजित हुनुका कारण बारेमा पार्टीलाई प्रस्ट पारेका हुन् । यस्तै पार्टीबाट टिकट पाएपनि पराजित भएका नेताहरूले आ-आफ्नो धारणा राखेका छन् ।

प्रतिकृया दिनुहोस्