×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु आज नेपाल आउँदै

चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु आज नेपाल आउँदै

काठमाडौं- चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज नेपाल आउँदैछन्। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली चार दिने नेपाल भ्रमणमा आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै झान्सुले भदौ २७ (आज)देखि ३० गतेसम्म भ्रमण गर्ने जानकारी दिएको हो।

ली तथा उनको प्रतिनिधिमण्डलका सदस्यहरूले आज साँझ सभामुख सापकोटासँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ। वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्।

लीले भोलि (भदौ २८) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै, उनले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग हुन लागेको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

उनले भदौ २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तालिका छ। लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा‍. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्