×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हरियो सागपात खाँदैमा हृदयघात कम हुन्छ ?

हरियो सागपात खाँदैमा हृदयघात कम हुन्छ ?

काठमाडौँ- हरियो सागपात हाम्रो शरीरका लागि लाभदायक हुन्छ । तर, अत्यधिक मात्रामा सागपात र फलफूल खाँदैमा मानिसलाई हृदयघातको खतरा कम हुने सम्भावना नरहेको हालै बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरूकाअनुसार हृदयघातको सम्भावना हामीले के खान्छौँ, कति व्यायाम गर्छौं तथा कहाँ र कसरी जीवनयापन गर्छौं भन्ने कुरामा बढी भर पर्छ ।

तर, सन्तुलित खाना सेवनका कारण केही क्यान्सरलगायत अन्य थुप्रै प्रकारका रोगको जोखिम कम गर्न मद्दत पुर्‍याउने अनुसन्धानकर्ताको भनाइ छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस०लगायत अन्य स्वास्थ सल्लाहकारहरूले प्रत्येक दिन कम्तीमा पाँच भाग फलफूल र सागसब्जी खान सिफारिस गरेका छन् ।

यस यूके बायोबैंक स्टडीमा भाग लिने झण्डै चार लाख मानिसलाई अक्सफोर्ड र ब्रिस्टल युनिभर्सिटीलगायत चाइनिज युनिभर्सिटी अफ हङकङका अनुसन्धानकर्ताहरूले तिनीहरूले दिनहुँ खाने काँचो र पकाएका सागपातलगायत अन्य खानाको परिमाणबारेका प्रश्नावलीको उत्तर दिन लगाएका थिए । औसतमा तिनीहरूले दिनको ठूलो दुई चम्चाभरि काँचो र तीन चम्चा पकाएको सागसब्जी खाने गरेको बताएका थिए ।

त्यसपछि १२ वर्षसम्म यस अध्ययनमा सहभागिहरूको अस्पतालमै जानुपर्ने स्थितिका स्वास्थ समस्या वा मृत्युबारेका विवरण संकलन गरिएको थियो । यद्यपि धेरै सागपात र फलफूल खानेहरू अझै त्यसमा पनि काँचै खानेहरूको मुटु सम्बन्धी रोगबाट मर्ने खतरामा १५ प्रतिशतले कमी आएको पाइएपनि अनुसन्धानकर्ताहरूले त्यसका पछाडि अन्य कारणहरू पनि हुनसक्ने बताएका छन् । अन्य कारणहरूमा जस्तै मानिसहरूले धुमपान गर्छन् वा गर्दैनन्, कति मदिरा सेवन गर्छन्लगायत तिनीहरूका जागिर, आय र अन्य सम्पूर्ण आहार पनि पर्दछन् ।

युनिभर्सिटी अफ अक्सफोर्डका डा. बेन लेसीले यो अध्ययन मुटु रोग र खानपिनको सम्बन्धबारे बुझ्नका लागि महत्वपूर्ण रहेको जनाएका छन् । तर युनिभर्सिटी अफ ग्लास्गोका मेटोबोलिक मेडिसिनका प्रोफेसर नविद सात्तारले प्रचुरमात्रमा रेसादार सागपातको सेवन गर्दा शरीरको वजन घट्ने तथा मुटु रोग निम्ताउने कारणहरू घटाउन मद्दत पुर्‍याउने राम्रो परीक्षण प्रमाण रहेको बताएका छन् ।

साथै खाना पकाउने तेलले सागसब्जीमा रहेका पौष्टिक तत्व नाश गर्ने भएकाले काँचै खानु बढी लाभदायक भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्