काठमाडौँ- आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रियमा अहिले नेपाल र नामिबिया खेलिरहेका छन् । त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ।
नेपालका कप्तान रोहित कुमार पौडेल ७२ रन बनाएर कट एण्ड बोल्ड आउट भए। रोहितले तेस्रो विकेटका लागि कुशल भुर्तेलसँग १३३ रनको साझेदारी गरेका थिए ।