काठमाडौं- सत्ता गठबन्धनमा प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा सहमति नजुटिसकेको अवस्थामा नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
सामाजिक संजाल ट्विटरमार्फत बास्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिन बाँस्कोटाले आग्रह गरेका छन् । ‘नेपाली राजनीति फेरि पनि च्याखें दाऊमै रमाउने देखिदै छ।विकास, सरल र छरितो सेवा,बेरोजगारी र गरिवीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो। अस्थीरता नेपालको अभिशप्त नियती भो’, उनले भनेका छन्, ‘देउवाले प्रचण्डलाई छोडे हुने। गठबन्धन नै गांठो नपरोस।शुभकामना !’
बाँस्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् । बाँस्कोटाको उक्त धारणालाई कतिपयले ओलीकै धारणाको रुपमा हेरेका छन् । गठबन्धन तोडिएको अवस्थामा एमालेले सरकार गठनका लागि पहल बताइएको छ भने आफूले पहिला सरकारको नेतृत्व नपाए गठबन्धनमा रहन समस्या हुने माओवादी नेताहरुले बताएका छन् ।