काठमाडौं- प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका स्थायी कमिटीका सदस्य हिक्मत कार्कीले दाबी पेश गर्ने भएका छन् । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसक्षम नयाँ सरकार गठनका लागि दाबी गर्न लागेका हुन् ।
९३ सदस्यी प्रदेशसभामा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सांसद रहेका छन् । प्रदेश १ मा नयाँ सरकार गठनका लागि दिइएको समयसमीमा आज साँझ सकिँदैछ । त्यसअघि नै मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी भएको छ । कार्की एमालेका शेरधन राई मुख्यमन्त्री हुँदा प्रदेशका कानुन तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए ।