×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रेशम-रञ्जिता विवाद : मुख्यमन्त्री पाउने दाउ की कारबाहीको तयारी ?

रेशम-रञ्जिता विवाद : मुख्यमन्त्री पाउने दाउ की कारबाहीको तयारी ?

काठमाडौं - नागरिक उन्मुक्ति पार्टी(नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिन संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा लेख्नुभएको छ, ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दैछु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’

चौधरीको यो निर्देशनपछि पार्टीका संरक्षक रेशम चौधरी र उहाँको झगडा छताछुल्ल भएको छ । कतिपयले यो झगडा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने दाउ रहेको आंकलन गरेका छन् ।

प्रतिकृया दिनुहोस्