×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भोली सार्वजनिक विदा

भोली सार्वजनिक विदा

काठमाडौं- सरकारले पुस ४ गते भोली (आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ। उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही -ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्